Connect with us
Kapilvast Forest

नेपाल पत्रकार महासंघको राष्ट्रिय मिडिया सम्मेलन लुम्बिनीमा सम्पन्न

२०७९, १८ चैत्र शनिबारमा प्रकाशित

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आठौँ बैठक नवलपरासीको रामग्राम र राष्ट्रिय मिडिया सम्मेलन रुपन्देहीको लुम्बिनीमा सम्पन्न भएको छ । २०७९ चैत १६–१७ गते सम्पन्न केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्वसहमतिबाट पारित गर्दै यो घोषणापत्र जारी गर्दछ ।

१ नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारको साझा संगठनका रुपमा विकास गर्न सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउन यो सम्मेलन प्रण गर्दछ । सदस्यता शुद्धीकरणका लागि तयार मापदण्डलाई प्राप्त सुझावलाई समेटेर अन्तिमरुप दिने र प्रस्तावित तालिका अनुसार नै काम गर्ने प्रतिवद्धता जनाउँदछ ।

२ पत्रकारितामा लामो समयदेखि क्रियाशील नभएका र अन्य पेशामा लागेकाहरुलाई सदस्यता परित्यागका लागि यो सम्मेलन आग्रह गर्दछ । त्यसरी सदस्यता त्याग गरेको लिखित जानकारी गराउने सदस्यलाई सम्मानसहित विदाइ गर्ने र जनप्रतिनिधि, सरकारको पूर्णकालीन कर्मचारीको सदस्यता स्वतः समाप्त हुनेगरी काम थाल्न तीनवटै समितिलाई यो सम्मेलन निर्देश गर्दछ ।

३ विधानको दफा ५ को उपदफा ९८० अनुसार आउँदो महाधिवेशन भन्दा ६ महिना अगाडिसम्म कायम सदस्यले मात्रै महासंघको आउँदो चुनावमा मतदानमा भाग लिन पाउने व्यवस्थालाई थप प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

४ नेपालको संविधान २०७२ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूत गरेपनि त्यसपछि गठन भएका तीनवटै तहका सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा ल्याउन बनाउनु पर्ने सञ्चार सम्बद्ध कानूनहरु नबनेकोप्रति नेपाल पत्रकार महासंघको यो सम्मेलन गम्भीर चासो र चिन्ता व्यक्त गर्दछ ।

नागरिक अधिकार प्रेस स्वतन्त्रता सूचनाको हक सुनिश्चितासहितको प्रेसमैत्री कानून निर्माणका लागि यो सम्मेलन पुनः माग गर्दछ । साथै, संविधानअनुसार बन्नुपर्ने सञ्चार सम्बद्ध निकायको गठन तथा पूर्णताका लागि पनि सरकारको ध्यानाकर्षण गराउँदछ । राजनीतिक दललाई पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको संविधान प्रदत्त अधिकारलाई कार्यान्वयन गर्न आग्रह गर्दछ ।

५। श्रमजीवी पत्रकार ऐनलगायतका विद्यमान कानूनअनुसारका न्यूनतम पारिश्रमिक, सेवा सुविधालगायत प्राप्तिबाट श्रमजीवी पत्रकारहरु बञ्चित भइरहेका छन् । यो सम्मेलन ऐनको पूर्ण कार्यान्वयन, समय सापेक्ष न्यूनतम पारिश्रमिकको वृद्धि र तोकिएका सेवा सुविधाहरू पूर्ण कार्यान्वयनका लागि सरकार र सम्बन्धित सञ्चार गृहलाई आग्रह गर्दछ । साथै दबाब, आन्दोलन र कानूनी उपचारलगायतका ट्रेड युनियन अभ्यासलाई थप प्रभावकारी बनाउने प्रण गर्दछ ।
६। सञ्चारमाध्यमको दिगो र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि समानुपातिक विज्ञापन प्रणालीलाई तत्काल लागू गर्न माग गर्दै यो सम्मेलन स्थानीय सरकार मातहतको निकायको विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई र प्रदेश सरकार मातहतको विज्ञापनलाई प्रदेश अन्तरगतका सञ्चार माध्यममा दिनेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्दछ ।
७। पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई पुनः आह्वान गर्दै यो सम्मेलन पेशागत दक्षता अभिवृद्धि गर्न तालिम तथा वृत्ति विकासका लागि सञ्चालन गर्दै आएका कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउने घोषणा गर्दछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu