Connect with us
Kapilvast Forest

ताप्लेजुङमा बेमौसमी हिमपात

२०७९, १८ चैत्र शनिबारमा प्रकाशित

ताप्लेजुङ- ताप्लेजुङमा हिजोआज बेमौसमी हिमपात भइरहेको छ । पछिल्लो केही दिनयता दिनहुँजसो वर्षा हुने र वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात भइरहने गरेको हो । ताप्लेजुङमा शुक्रबार साँझपछि वर्षा भएको र वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भएको छ ।

स्थानीयका अनुसार शुक्रबार राति उच्च हिमाली क्षेत्रमा निक्कै बाक्लो हिउँ परेको छ । अहिले हिउँ पर्ने मौसम नभए पनि वर्षा हुनासाथ हिमाली भेगमा हिमपात भइहाल्ने गरेको स्थानीय जनाएका छन्।

जिल्लाको हिमाली बस्तीहरू फक्ताङ्लुङ गाउँपालिका ६ लेलेपको घुन्सा फले र वडा ७ ओलाङ्चुङगोला बस्ती याङ्मा लगायतमा हिउँ परेको स्थानीयले बताएका छन् । फलेका स्थानीय मिङ्मा शेर्पाका अनुसार शुक्रबार साँझपछि बाक्लो हिउँ परेको फलेसहित घुन्सा र ग्याब्ला बस्तीसम्म नै हिउँ परेको शेर्पाले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu