Connect with us
Kapilvast Forest

रुखको हाँगाले लागेर महिलाको मृत्यु

२०७९, १९ चैत्र आईतवारमा प्रकाशित

दमक- झापामा हावाहुरी सहित आएको असिनापानीका कारण एकजनाको ज्यान गएको छ भने एकदर्जनभन्दा बढीलाई घरबार विहीन बनाएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ हावाहुरी चल्दा रुखको हाँगा भाँचिएर लाग्दा घाइते बन्नुभएकी दमककी ४० वर्षीया सिलाई धिमालको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको विभिन्न पालिकाहरुमा घरका छना उडाएको, कच्चा घरहरु भत्काएको उद्योगहरुमा भएका टिनका छानाहरु दुलो पारेको र उडाएको सूचना आइरहेको छ । क्षतिको विवरण आउने र सङ्कलन गर्ने कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

दमक वडा नं. ४ तारावारीको अर्नाखाडीमा भन्ने ठाँउकी स्थानीय धिमाललाई रुखको हाँगाले लागेपछि गम्भीर घाइते बन्नुभएको थियो । उहाँलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो । उहाँको शनिवार मृत्यु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu