Connect with us
Kapilvast Forest

सबै पालिकामा पुगेनन् बैङ्क

२०७९, १९ चैत्र आईतवारमा प्रकाशित

काठमाडौँ- वित्तीय चेतना ज्ञान र सीपको अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने र आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउन भन्दै नेपाल राष्ट्र बैङ्कले वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरेको छ ।

वित्तीय साक्षरताको अभियानमा राष्ट्र बैङ्कका साथै इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूको समेत भूमिका वृद्धि गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी बैङ्कले वित्तीय साक्षरता अभिवृद्धि गर्न समयसमयमा विभिन्न निर्देशन जारी गर्दै आइरहेको छ ।

वित्तीय प्रणाली प्रति विश्वास कायम राख्न र बढीभन्दा बढी आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश गर्न यसको महत्त्व रहेको भन्दै मार्गदर्शन ल्याइएको हो । वित्तीय स्थायित्वको आधारशिला वित्तीय साक्षरता भएको तथ्यलाई मध्यनजर गर्दै राष्ट्र बैङ्कले वित्तीय ज्ञानको अभाव भएका व्यक्तिलाई औपचारिक वित्तीय प्रणालीमा समेट्नुका साथै सामान्य वित्तीय जानकारी भएका व्यक्तिलाई नयाँ वित्तीय अवधारणाको जानकारी गराउन मार्गदर्शन ल्याइएको हो ।

यद्यपि विभिन्न संस्थाका छरिएका कार्यक्रमबाट वित्तीय साक्षरता प्रवद्र्धन अभियानले अपेक्षित गति लिन नसकेको हुँदा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र समन्वयात्मक ढङ्गले एकीकृत रूपमा अघि बढाउन वित्तीय साक्षरता ढाँचा २०७९ जारी भएको सन्दर्भमा इजाजतपत्र प्राप्त संस्थाहरूका गतिविधि सोही ढाँचाअनुरूप नियमित र व्यवस्थित बनाउने उद्देश्यले यो वित्तीय साक्षरता मार्गदर्शन २०७९ जारी गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu