Connect with us
Kapilvast Forest

सिद्धार्थ राजमार्ग दैनिक नौ घण्टा बन्द हुने

२०७९, २० चैत्र सोमबारमा प्रकाशित

पाल्पा- सिद्धबावा क्षेत्रमा सुरुङ मार्ग निर्माणको प्रारम्भिक काम गर्न राजमार्ग बन्द गरिने भएको छ । सिद्धार्थ राजमार्गको सिद्धबावा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न पुनः सडक दैनिक नौ घण्टा बन्द गर्न लागिएको हो ।

निर्माण व्यवसायीले सुरुङ मार्गका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सडक बन्द गर्नुपर्ने पत्र पठाएकाले सोही अनुसार निर्णय गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।

सुरुङ मार्ग निर्माणको जिम्मा पाएको निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको माग अनुसार यही २०७९ चैत २१ गतेदेखि दैनिक नौ घण्टा सडक बन्द हुनेछ । सडक बन्द गरेर निर्माण व्यवसायीले आवश्यक काम गर्ने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu