Connect with us
Kapilvast Forest

चितवन२ मा रवि लामिछानेले गरे उम्मेदवारी दर्ता

२०७९, २० चैत्र सोमबारमा प्रकाशित

भरतपुर- वैशाख १० गते हुने उपनिर्वाचनका लागि पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पाटीका अध्यक्ष रवि लामिछानेले सोमवार उम्मेदवारी दर्ता गराउनु भएको छ । प्रस्तावक सिता ज्ञवाली र समर्थक विक्रम श्रेष्ठ रहेर लामिछानेले उम्मेदवारी दर्ता गराउनु भएको हो । निर्वाचन कार्यालय चितवन क्षेत्र नम्बर २ को कार्यालयमा स्वतन्त्र पार्टीका कार्यकर्ताहरूका माथ गएर लामिछानेले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

गत चुनावमा लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी भन्दा ३४ हजार १६२ मतान्तरले उहाँ अगाडी हुनुहुन्थ्यो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त पोख्रेलको १४ हजार ६४९ मत पाउनु भएको थियो ।

यो क्षेत्रमा उम्मेदवार दर्ता गर्ने उहाँ पहिलो भएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । लामिछाने यस अघि भारी मतान्तरले निर्वाचित सङ्घीय सांसद हुनुहुन्थ्यो । उहाँको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै संसद् पद पनि गएपछि अहिले उप निर्वाचन हुन लागेको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu