Connect with us
Kapilvast Forest

उद्धार गरेर ल्याएको निलगाईको मृत्यु

२०७९, २१ चैत्र मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी- कपिलवस्तुको महाराजगंज नगरपालिका ७ अल्गाबाट कुकुरहरुबाट उद्धार गरी ल्याएको निलगाईको मृत्यु भएको छ । आइतबार राती अल्गा गाउँमा कुकुरहरुले लखेटदै ल्याएको गाँई गाँउ नजिकैको खडलमा फसेको थियो ।

निलगाई गाँउमा आएको देखेपछी स्थानियले डिभिजन वन कार्यालय (गौतमबुद्ध) लाई खबर गरेका थिए । एक दर्जन कुकुरहरुले निलगाईलाई लखेट्दै ल्याएको र खडलमा खसेको देखेपछी बन कार्यालयलाई खबर गरेको अल्गा गाँउका स्थानिय अव्वाल अह्मद मुसलमानले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालयका सहायक बन अधिकृत एजाज अन्सारी, फरेष्टर सर्वेश कुमार महतोको टोलीले निलगाईलाई उद्धार गरी वन कार्यालय ल्याएका थिए । निलगाईको उपचारको क्रममा सोमबार साझँ मृत्यु भएको फरेष्टर सर्बेश कुमार महत्तोले जानकारी दिनुभयो ।

मृत निलगाईलाई डिभिजन वन कार्यालय (गौतमबुद्ध) नजिकै गाडीएको छ । स्थानियको रोहबरमा निलगाईलाई गाडिएको फरेष्टर महत्तोले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu