Connect with us
Kapilvast Forest

गरिब परिवारको लागि आएको ग्याँस र चुल्हो वडाअध्यक्षको छोरीलाई

२०७९, २२ चैत्र बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
गरिब परिवारको लागि आएको ग्याँस सिलिन्डर र चुल्हो वडा अध्यक्षको छोरीलाई वितरण गरेको पाइएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० को वडा अध्यक्ष मन्जु मिश्राले आफनै छोरी ममता मिश्रालाई ग्याँस सिलिन्डर र चुल्हो वितरण गर्नुभएको हो । विवाह नभएको छोरीको नाममा सिलिन्डर ग्याँस र चुल्हो बुझेको भरपाइ गराई आफैले लिएको देखीएको छ ।

वडामा अधिकांस गरिब परिवार भएपनि वडाअध्यक्ष मिश्राले आफनो छोरीलाई भरपाई गराई ग्याँस सिलिन्डर र चुल्हो वितरण गर्नु भएको हो । वडाले यही चैत्र ६ गते उक्त समाग्री वितरण गरेको हो । वडाका १ सय ५४ जनालाई उक्त सामाग्री वितरण गरिएको वडाअध्यक्ष मन्जु मिश्राले जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७९।०८० मा वडाबाट महिलाका लागि ग्यास, सिलिन्डर, चुल्होको लागि विनियोजीत रकम रु ९ लाख ९७ हजार ६ सय बाट ग्यास सिलिन्डर र चुल्हो खरिद गरि वितरण गरिएको हो । वडाले बजेट विनियोजन गरेपछि शिवराज नगरपालिकाले ग्यास सिलिन्डर र चुल्हो खरिद गरी वडालाई हस्तन्त्रण गरेको थियो ।

प्रति चुल्हो, भरेको ग्याँस सिलिन्डर ५ हजार ७ सय २० रुपैयामा खरिद गरिएको हो । पित्तलको बर्नर, दुई मुखे रेगुलेटर लाइटर, पाइप र भरेको ग्याँस सिलिन्डर वितरण गरिएको हो ।
शिवराज नगरपालिका वडा नं १० मा रहेको ७ गाँउका गरिब परिवारले वडाबाट वितरण हुने ग्यास सिलिन्डर र चुल्हो अधिंकासले नपाएको गुनासो गरेका छन ।
वडाको बजेट पार्टीका कार्यकर्तालाई पल्न प्रयोग गरीएको स्थानिय बालजी यादवले बताउनुभयो ।

जस्तो दुई तल्ले घर छ धनी सम्पन्न छ उसैलाई गरिब भनेर सुविधा दिनु गलत भएको यादवले बताउनुभयो । वस्ताविक गरिब, विधुवा, एकल महिला अपागंले ग्याँस सिलिन्डर, चुल्हो पाउनु पर्ने उहाले माग राख्नुभयो ।

गब्बापुरका गरिब दुखीको आगि आएको उक्त समागी धनी सम्पन्न वडाअध्यक्षले राख्नु गलत भएको बताउनु भयो । त्यस्तै वडा कार्यालयमा समेत एक सेट ग्याँस सिलिन्डर र चुल्हो राखीएको छ । बुटवलमा रहेको शुभकामना सप्लायर्सले उक्त समाग्री खरिद गरी शिवराज नगरपालिकालाई हस्तान्त्रण गरेको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu