Connect with us
Kapilvast Forest

शिवराजमा फाइल बोकेर कोठा चाहर्नुपर्ने बाध्यता हट्यो

२०७९, २२ चैत्र बुधबारमा प्रकाशित

कपिलवस्तु- सरकारी कार्यालयहरूमा सेवाग्राहीहरू फाइल बोकेर कोठा चाहर्नुपर्ने कुरा नौलो हैन । त्यसमाथि समयमा काम नहुँदा हप्तौँ दिन सम्म एउटै कार्यालयमा सेवाग्राही धाउने गर्दछन् । कपिलवस्तुको शिवराज नगरपालिकाले यस्तो समस्यालाई समाधान गर्न सेवा प्रवाह कक्ष सञ्चालनमा ल्याएको छ ।

करिब १ महिना देखि गृहकार्य गरेको नगरले बुधवार लुम्बिनी प्रदेश उद्योग वाणिज्य तथा पर्यटन मन्त्री जानकी प्रसाद यादवद्वारा रिबन काटेर सेवा प्रवाह कक्षको उद्घाटन गरेको छ । नगरको संरचना अभाव भए पनि सहायता कक्षको प्रभावकारीता को विषयमा प्रश्न पनि उठेको छ । अब सेवाग्राहीले फाइलहरू सेवा केन्द्रमा बुझाउनुपर्ने छ । सेवा केन्द्रमा नजिकै विश्रामको लागि स्टिल सोफा राखिएको छ ।

त्यस नजिकै चिया र चिसो पानीको व्यवस्था रहेको छ । टिभी हेर्दै आराम गर्न सक्ने व्यवस्था नगरले गरेको छ । उद्घाटन गर्दै मन्त्री यादवले प्रदेशकै नमुना काम गर्न सफल भएको बताउनुभयो । सरकारी कार्यालयमा समयमा काम नहुँदा बदनाम भइरहेको अवस्थामा शिवराज नगरपालिकाले गरेको यो कामले सहज हुने बताउनुभयो ।

‘आफ्नो भवन नहुँदा केही असहज भए पनि यो योजना अब सधैँ लागू हुने हुन्छ, यादवले भन्नुभयो, ‘सेवा प्रवाहमा नगरका कर्मचारीको थप सक्रिय हुनुपर्दछ’ । लुम्बिनी प्रदेश सभा सभा सदस्य अर्जुन कुमार केसीले सहायता कक्षा स्थापनाले नगरलाई जिम्मेवार बनाएको बताउनुभयो । ‘सेवाग्रीहरुलाईले कहाँ बाट सेवा लिने के के कागजात आवश्यक छ ? धेरै कुरा जानकारी हुँदैन अब सहज हुने विश्वास छ’,केसीले भन्नुभयो, ।

नगरमा आउने सेवाग्राहीहरूलाई सन्तुष्ट बनाउने नगरको योजना अनुरूप सहायता कक्षा स्थापना गरेको मेयर अजय थापाले बताउनुभयो । ‘काममा झन्झट र फाइलहरू बुझाउने ठाउँ जानकारी नहुँदा सेवाग्राही समयमा सेवा नपाउने समस्या थियो, थापाले भन्नुभयो,‘नगरलाई हरेक दृष्टिकोण बाट नमुना बनाउने योजना छ, यसलाई सबैले सफल बनाउन सहयोग गर्नुपर्छ’।

उपप्रमुख शिवकुमारी थारुले सेवा प्रवाह कक्ष सगै स्तनपान कक्ष पनि संञ्चालमा ल्याएको बताउनुभयो । टाढा टाढा बाट आउने महिला सेवाग्राहीलाई मध्यनजर गर्दै स्तनपान कक्ष निर्माण गरीएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले सहायता कक्षा बाट सेवाग्राहीले परामर्श पाउने बताउनुभयो । सामान्य निवेदन लगायतका कामहरू पनि सहायता कक्षबाट पाउन सकिने गरी कर्मचारी व्यवस्थापन गरिएको पाण्डेले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu