Connect with us
Kapilvast Forest

बारा २ का मतदाताको गुनासो चुनाव जितेपछि फर्केर आउँदैनन् नेता

२०७९, २३ चैत्र बिहीबारमा प्रकाशित

बारा- आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा–२ मा यतिबेला विभिन्न दल तथा उम्मेदवारहरु मतदाता फकाउन घरदैलोमा व्यस्त छन् । दलका नेता तथा कार्यकर्ता चुनावी कार्यक्रममा व्यस्त देखिए पनि मतदातामा खासै उत्साह देखिएको छैन ।

महागढीमाई नगरपालिका–१ का ६० वर्षीय बद्री साह सुर्तीको पातबाट बिँडी बनाएर ७ जनाको परिवार पाल्दछन् । खपडाले छाएको सानो कच्ची घरमा बस्दै आएका उनको एक्लो कमाईले पूरै परिवार पाल्नुपर्ने बाध्यता छ ।

गाउँमा रोजगारी छैन खेतीपाती गर्न मल–बिउ महँगो छ उनले भने । आफ्नो कमाईकै भरमा जसोतसो परिवारको गुजारा चलिरहेको बताउने उनी उपनिर्वाचनप्रति त्यति उत्सुक छैनन् ।

यद्यपि आफ्नै गाउँको नेताले चुनाव जिते विकास हुन्छ कि भन्ने उनको अपेक्षा छ । बाहिरको मान्छेलाई गाउँको कुनै मतलव हुँदैन हाम्रो लागि गाउँकै उम्मेदवारले जित्यो भने राम्रो हुन्छ साहले भने गाउँमा बाटोघाटो नाला खानेपानी मलखादको धेरै समस्या छ नाला नहुँदा बर्खामा बाढी घरभित्र छिर्छ ।

साहजस्तै महागढीमाई नगरपालिका–४ का छविलाल कुशवाहा पनि गाउँको विकास गर्ने राम्रो नेतालाई भोट हाल्ने बताउँछन् । ‘हामीलाई जनताको काम गर्ने राम्रो नेता चाहिएको छ खराब नेता होइन सोही वडाका अर्का बासिन्दा जोगिन्दर महतो चुनाव जितेर गएका नेताहरु गाउँ फर्केर नआउने र जनताको कुरा कसैले नसुन्ने गरेको बताउँछन् ।चुनावमा मासुभात खुवाउँछन् पैसा बाँड्छन् तर जितेर गएपछि जनताको लागि विकास कसैले गर्दैन यसपटक गाउँको विकास गर्ने नेतालाई जिताउनु पर्छ उनले भने ।

बारा २ का अधिकांश जनताको मुख्य पेसा खेतीपाती नै हो । तर खेतीका लागि मलखाद भारतबाट कालोबजारीमा किनेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ ।
महागढीमाई नगरपालिका–२ का प्रमोद कुमार यादव भने जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव यस पटक उम्मेदवार बनेका कारण उत्साहित छन् । केन्द्रीय नेताले चुनाव जितेको खण्डमा आफ्नो क्षेत्रमा विकासका कामले रफ्तार लिने उनको अपेक्षा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu