Connect with us
Kapilvast Forest

सहज बन्दै राहदानी विभागको सेवा

२०७९, २३ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौँ- केही महिना अघिसम्म व्यापक भीडभाड देखिने राहदानी विभागमा अहिले भने चहलपहल कम देखिएको छ । राहदानीका लागि फारम सङ्कलनलाई विस्तार गरेसँगै सेवाग्राहीको चाप पनि घटेको हो ।

उहाँले भन्नुभयो पहिले तीन दिनको लागि मात्र राहदानीको फारम सङ्कलन गर्ने गरेका थियौँ । माघ १६ गतेबाट एक महिनासम्म बुकिङ खुला गर्‍यौँ । त्यस कारण पनि चाप कम भएको हो । राहदानी लिनेको भीडभाडको अध्ययन गर्न गठन गरेको टोलीले राहदानी वितरण सबै जिल्लाबाट गर्न सुरु गरे भीडभाड कम हुने सुझाएको थियो ।

केही महिना अघिसम्म सेवाग्राही रातिदेखि नै राहदानी लिनका लागि भीड बस्ने गरेकोमा अहिले भने त्यो अवस्था छैन । फारम भरेपछि राहदानी विभागले तोकेको मितिमा नै विभागमा आउँदा राहदानी पाउने व्यवस्था छ । राहदानी विभागका प्रवक्ता दुरपदा सापकोटाका अनुसार गत माघ १६ गतेबाट राहदानी सङ्कलनको मोडालिटी नै परिवर्तन गरेपछि सेवाग्राहीको चाप घटेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu