Connect with us
Kapilvast Forest

डाटा इन्ट्री गर्न अग्लो डाँडा

२०७९, २३ चैत्र बिहीबारमा प्रकाशित

बैतडी- विद्यालयको परीक्षाफललगायतका तथ्याङ्क अनलाइन दर्ता गर्न बैतडीका शिक्षकहरू अग्लो डाँडामा पुग्ने गरेका छन्। इन्टरनेट र टेलिफोनले काम नगर्दा शिक्षकहरू ल्यापटप बोकेर कागजातसहित अग्लो डाँडामा पुग्ने गरेका हुन्। पाटन नगरपालिका–७ भुवनेश्वर आधारभूत विद्यालयका शिक्षक पुष्करसिंह साउद र उदयदेव मावि किम्तोलीका शिक्षक भानसिंह पेला इन्टरनेटको खोजी गर्दै नियमित अग्लो डाँडामा पुग्नुहुन्छ।

ल्यापटप र कागजात बोकेर अग्लो डाँडामा पुगे पनि नेपाल टेलिकमको फोरजी सेवा उपलब्ध नभएको शिक्षक साउदले बताउनुभयो। एनसेलको सिम कार्डमा पनि राम्रोसँग फोरजी नेटवर्क आउँदैन।

स्थानीय भगौती डाँडा पुगेर पनि नेपाल टेलिकमको इन्टरनेटले काम नगरेपछि एनसेलको सिमबाट इन्टरनेट चलाएर कक्षा ८ को परीक्षाफल अनलाइन प्रविष्ट गरेको उहाँहरूले बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu