दुई कम्युनिस्ट पार्टीहरूको एकता हुँदै
काठमाडौँ- दुई कम्युनिस्ट पार्टीहरू बिच आज एकता हुने भएको छ । आज शुक्रवार धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बहुमत र मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी बिच पार्टी एकता हुने भएको हो ।आज दिउँसो १२ बजे काठमाडौँमा दुई पार्टीबिच एकता हुनेबारेमा पत्रकार सम्मेलनमार्फत जानकारी दिन लागिएको पार्टी स्रोतले जनाएको छ ।