Connect with us
Kapilvast Forest

हलगोरु पाल्ने कृषकलाई दश हजार अनुदान

२०७९, २५ चैत्र शनिबारमा प्रकाशित

तनहुँ- व्यास नगरपालिकाको वडा नम्बर १ को कार्यालयले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरूप दश हजार अनुदान दिएको छ । जैविक कृषिलाई प्रोत्साहन गर्न र हाते ट्याक्टर खरिद गर्न नसक्ने कृषकलाई जीविकोपार्जनलाई सहज बनाउन अनुदान दिइएको वडाध्यक्ष रमेशचन्द्र हड्खलेले बताउनुभयो । वडाले १२ जना कृषकलाई रकम प्रदान गरेको छ ।

अनुदान रकम एक कार्यक्रमबिच व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रकम प्रदान गर्नुभयो । उक्त अवसरमा बोल्दै नगरप्रमुख न्यौपानेले पछिल्ला समयमा गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।

अनुदान रकमले गोठ सुधार तथा गोरुका लागि आवश्यक पर्ने आहार बिहारमा खर्च गर्न समेत उहाँले कृषकलाई सुझाव दिनुभयो । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकका लागि अनुदान दिने कार्यक्रम ल्याएसँगै तथ्याङ्क सङ्कलन गरी अनुदान प्रदान गरेको वडा सचिव मञ्जु कँडेलले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu