Connect with us
Kapilvast Forest

सरकारसँग अवसर र चुनौती दुवै छ: उपप्रधानमन्त्री खड्का

२०७९, २५ चैत्र शनिबारमा प्रकाशित

सुर्खेत- उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन पुरानो गठबन्धन बनेको जनाए । शनिबार नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताए ।

द्वन्द्वबाट पीडितको मुक्तिका लागि पनि यही प्राकृतिक गठबन्धन उपयुक्त रहेको उहाँले बताउनुभयो । सरकारसँग अवसर र चुनौती दुवै रहेको बताउँदै खड्काले अबको केही दिनमै सरकारले पूर्णता पाउने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका उपसभापति समेत रहनुभएको खड्काले अब कर्णालीको विकासका लागि केन्द्रबाट पर्याप्त बजेट पाउने समेत बताउनुभयो । कर्णाली कोरिडोरलाई पहिलो प्राथमिकता रहेको बताउँदै उहाँले एकैपटक काम सक्ने गरी सबैसँग छलफल भइरहेको जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu