Connect with us
Kapilvast Forest

प्रहरीसँगको झडपमा कराँचीमा तीन जनाको मृत्यु

२०७९, २५ चैत्र शनिबारमा प्रकाशित

इस्लामावाद- पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै सहरभरि नियमित गस्तीका क्रममा दुई वटा मोटरसाइकलमा सवार शङ्कास्पद तीन जनालाई रोक्न खोज्दा प्रहरी माथि गोली प्रहार भएको र जवाफी कारबाहीमा मारिएको जनाएको छ ।

मारिएका अपराधीहरूको पहिचान भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सहरमा लुटपाटका घटना बढेसँगै स्थानीय कानुन प्रवर्तन निकायले सडक अपराधीविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu