Connect with us
Kapilvast Forest

अझै पुनर्निर्माण भएन त्रियुगा पुल

२०७९, २६ चैत्र आईतवारमा प्रकाशित

गाईघाट- भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागसमेतले बेवास्ता गरेपछि चौदण्डीगढी नगरपालिका–५ सिवाईस्थित त्रियुगा पुल अझै पुनर्निर्माण हुन सकेको छैन। नगरपालिकाको केन्द्र बेल्टार पुग्ने सडकअन्तर्गत सिवाई र बेल्हा जोड्ने गरी १३ वर्षअघि अर्थात् २०६६ सालमा निर्माण सुरु भएको सो मोटरेबल पक्की पुल २०७८ साल असार १९ गते त्रियुगा नदीमा आएको बाढीका कारण पिल्लर भासिएर क्षतिग्रस्त भएको थियो।

स्थानीय सर्वसाधारणले नगरपालिकाको सदरमुकाम बेल्टार जान वर्षाैंदेखि त्रियुगा नदी वारिपारि गर्ने क्रममा अनेकौँ कष्ट र सास्ती खेपिरहेको अवस्थामा निर्माण सम्पन्न हुनैलाग्दा भत्किएको पुल दुई वर्ष बितिसक्दा पनि हालसम्म पुनर्निर्माणको कुनै सुरसार छैन। पुल क्षतिग्रस्त भएको यति धेरै समय बितिसक्दा पनि पुनर्निर्माणको काम सुरु हुन नसक्नु मन्त्रालय र विभागकै बेवास्ता भएको चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाले बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu