Connect with us
Kapilvast Forest

धुर्कोट र भरतपुरबिच भगिनी सम्बन्ध

२०७९, २६ चैत्र आईतवारमा प्रकाशित

गुल्मी- गुल्मीको धुर्कोट गाउँपालिका र चितवनको भरतपुर महानरपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको छ । शनिवार धुर्कोट गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष भूपाल पोखरेल र महानगरपालिकाका प्रमुख रेणु दाहालले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

गाउँपालिका तथा नगरपालिकाले आफ्नो कार्य सञ्चालन गर्दा लागत न्यूनीकरण, स्रोत साधनको अधिकतम उपयोग वा प्रभावकारी सेवा प्रवाहको लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४, को परिच्छेद ६ दफा २६ को (ट) अनुसार भगिनी सम्बन्ध स्थापना गर्ने व्यवस्था छ ।

जसमा शिक्षा स्वास्थ्य कृषि तथा पर्यटन दमकल एम्बुलेन्स बस्ती विकास पर्यटन प्रविधि संस्कृति संयुक्त उद्यम बजार व्यवस्थापन भौतिक तथा आर्थिक सहयोग लगायतका अन्य विविध असल अभ्यास अनुभव आदान–प्रदान गर्ने भनिएको छ ।

यसभन्दा अगाडी भरतपुर महानगरपालिकाले जापान र चीनको पालिका एवम् नेपालमा गुल्मीको रुरु क्षेत्र गाउँपालिकासँग भगिनी सम्बन्ध स्थापना थियो । धुर्कोट गाउँपालिकाले बागलुङको तारा खोला र तनहुँको बन्दिपुर गाउँपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेको थियो ।

धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले आफूहरूले धुर्कोटको विकासको लागि आफूहरूले भरतपुरबाट विकासका काममा सहयोगको अपेक्षा गरेको भन्दै भगिनी सम्बन्धलाई निरन्तरता दिने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu