Connect with us
Kapilvast Forest

सहकारीको पुँजीलाई उत्पादन र बजारीकरणमा लगानी गरिने : अध्यक्ष वली

२०७९, २६ चैत्र आईतवारमा प्रकाशित

काठमाडौँ- सहकारीको पुँजीलाई उत्पादन प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य शृङ्खला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणसहित विभिन्न प्रतिबद्धता व्यक्त गर्दै सहकारी महासम्मेलन शनिबार सम्पन्न भएको छ ।

सदस्यको बचतको सुरक्षाका लागि सहकारी क्षेत्रमा विश्वास अभिवृद्धि गर्न राष्ट्रव्यापी रूपमा जागरण अभियान सञ्चालन गर्न सहकारी क्षेत्रको दिगोपनका लागि कानुनले परिकल्पना गरेका प्रवद्र्धनात्मक व्यवस्था कार्यान्वयनका लागि आवश्यक पहलकदमी गर्न र अर्थतन्त्रमा देखा परेका समस्याका कारण सहकारी क्षेत्रमा सिर्जना भएको तरलता सङ्कुचनको समस्या समाधानार्थ तीनै तहका सरकारका तर्फबाट सम्बोधन गर्न सामूहिक रूपमा बहस पैरवीका लागि पहल गरिने घोषणापत्रमा उल्लेख छ ।

राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा बिहीबारदेखि चलेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

घोषणापत्रमा सहकारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने उल्लेख गर्दै वातावरणमैत्री कृषि उत्पादनमा वृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सार्वजनिक निजी र सहकारी साझेदारी मोडेललाई अगाडि बढाइने उल्लेख छ । नवीन सोच र सिर्जनात्मकताका आधारमा सहकारीमार्फत कृषि पर्यटन, जलस्रोत, स्वास्थ्य, शिक्षा, उद्योगलगायतका क्षेत्रमा लगानी वृद्धि गर्ने प्रतिबद्धता महासम्मेलनले गरेको छ ।

यस्तै विशिष्टीकृत सहकारी सङ्घमार्फत बृहत् र विशिष्ट उत्पादनको विकास कृषि र पशुजन्य क्षेत्रको प्रवद्र्धन एवं ठूला कृषि फार्मको स्थापना, कृषिजन्य वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति शृङ्खला विकास गरी सहकारीको ब्रान्ड प्रवद्र्धन गर्ने जारी घोषणापत्रमा उल्लेख छ ।

साथै सहकारीको स्वस्थ एवं प्रतिस्प्रर्धात्मक क्षमता अभिवृद्धिका लागि एकीकरणलाई अभियानका रूपमा सञ्चालन गर्नुका साथै नवप्रविधिलाई आत्मसात् गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न महासम्मेलनले प्रतिबद्धता जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu