Connect with us
Kapilvast Forest

कैलालीमा सुत्केरी मृत्युको विषयलाई लिएर फेरि राजमार्ग अवरुद्ध

२०७९, २८ चैत्र मंगलवारमा प्रकाशित

धनगढी- कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पतालमा गोदावरी नगरपालिका-२ की २८ वर्षीया सुत्केरी लक्ष्मी भट्टराई र शिशुको मृत्युको विषयलाई लिएर स्थानीय वासिन्दाले मंगलबार पनि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देबेन्द्रबहादुर पालले पूर्वपश्चिम राजमार्गमा स्थानीय प्रर्दशनमा उत्रिएपछि सवारीसाधन चल्न नसकेको बताउँदै अवरोध खुलाउने प्रयास भइरहेको जानकारी दिए ।

सोमबार सुत्केरी र शिशुको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका आफन्त र स्थानीयले घटनाको छानबिन गर्न समिति गठन गर्ने, मृतकका परिवारलाई गोदावरी नगरपालिकाले क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपनि कार्यान्वयन नगरिएको भन्दै मंगलबार पुनः राजमार्ग अवरुद्ध गरेका हुन् ।

पालले घटनाको छानबिनका लागि समिति गठन गर्ने तयारीसमेत अघि बढेको बताए । स्थानीयले अत्तरियामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेपछि सवारीसाधन चल्न सकेका छैनन् ।
सोमबार मालाखेती अस्पताल पुर्‍याएकी भट्टराईको शिशुलाई जन्म दिएपछि मृत्यु भएको थियो । चिकित्सकको लापरवाहीका कारण सुत्केरी र शिशुको मृत्यु भएको भन्दै स्थानीयले कारवाहीको माग गर्दै सोमबार पनि राजमार्ग अवरुद्ध गर्दा अत्तरियामा तनाव सिर्जना भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu