Connect with us
Kapilvast Forest

चन्द्रौटामा २१ करोडको लागतमा प्रदेश सरुवा रोग अस्पताल बन्ने

२०७९, २९ चैत्र बुधबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा २१ करोड लागतमा लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्ने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुधबार एक कार्यक्रमका बीच अस्पतालको शिलान्यास गर्नु भएको छ ।

कोभिडको समयमा सङ्क्रमितले पाएको समस्याले गर्दा प्रदेश सरुवा रोग अस्पतालको अवधारणाको विकास भएको थियो । सम्बोधनका क्रममा उहाँले लुम्बिनी प्रदेशका सबै जनतालाई स्वास्थ्य सेवाको प्रत्याभूति दिने गरी काम भएको बताउनुभयो ।

अस्पतालको शिलान्यास गर्नुहुँदै मन्त्री पन्थीले प्रदेश सरुवा रोग अस्पताल प्रदेशवासीका लागि गौरवको योजना रहेको बताउनुभयो । निर्माण हुने अस्पताल देशको महत्त्वपूर्ण अस्पतालको रूपमा विकास गरिने मन्त्री पन्थीले जानकारी दिनुभयो ।

हरेक पालिकाको आफ्नै अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार पाँच सयको शय्याको अस्पतालको रूपमा विकास गरिने क्रममा रहेको बताउनु भयो । सरुवा रोग अस्पतालमा भवन निर्माण नहुँदा सम्म जग्गा लिजमा लिएर अस्पताल सञ्चालन हुने मन्त्री पन्थीका भनाइ छ ।

निर्माण हुने अस्पताल ५० शय्याको हुने छ । भवन निर्माणको कुल लागत २० करोड ९६ लाख तीन हजार ३२६ रुपियाँ रहेको छ । २०८१ फागुनसम्म अस्पताल भवन निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।

यसैगरी, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले ठेक्का भएको १३ महिनापछि भवन निर्माणको काम सुरु भएको बताउनुभयो । जग्गा प्राप्ति, आइइई लगायतका प्रक्रियाले काम ढिलाइ भए पनि भवन निर्माणको काम निर्धारित समयमा सक्नेमा जोड दिनुपर्ने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu