Connect with us
Kapilvast Forest

प्रथम मुख्यमन्त्री फेन्सिङ प्रतियोगिता धनगढीमा सुरु

२०७९, २९ चैत्र बुधबारमा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फेन्सिङ जस्तो ऐतिहासिक महत्त्व बोकेको खेलको प्रदेश सरकारले संरक्षण गर्ने बताउनुभएको छ। धनगढीमा बुधबार सुरु भएको दुई दिने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप २०७९ को उद्घाटन गर्दे मुख्यमन्त्री शाहले फेन्सिङलाई प्रदेश सरकारले

प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँले प्रदेश सरकारले समग्र खेल जगतको विकास गर्नका लागि प्रदेश सरकारले ध्यान दिने बताउदै खेलाडीको मनोबल र हौसला बढाउने काम गर्ने समेत जानकारी दिनुभयो ।

संघका कैलाली अध्यक्ष जलेन्द्र शाहीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल फेन्सिङ संघका केन्द्रीय अध्यक्ष सुनिलकुमार श्रेष्ठ लगायतले प्रतियोगिताको सफलताको लागि शुभकामना दिनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu