Connect with us
Kapilvast Forest

सिद्धार्थलाई प्रदेशकै नमुना बनाउने अध्यक्ष शर्माको प्रतिबद्धता

२०७९, ३० चैत्र बिहीबारमा प्रकाशित

जानु पाण्डे- कपिलवस्तुको सिद्धार्थ क्याम्पसलाई लुम्बिनी प्रदेशको नमुनाको रुपमा विकास गरिने अध्यक्ष डम्मर शर्माले बताउनुभएको छ । क्याम्पसको १२ औँ सभाबाट अध्यक्ष चयन हुनुभएका शर्माले उच्च शिक्षा अध्ययन गर्न रुपन्देही पुग्नुपर्ने बाध्यताको अन्त्य गर्नेगरी शिक्षाको गुणस्तरमा सुधार ल्याउने दाबी गर्नुभयो ।

बाणगंगा नगरपालिका बुङ्चीमा सञ्चालन भएको सभाबाट शर्माको नेतृत्वका ११ सदस्यीय सञ्चालक समिति चयन भएको छ । समितिको उपाध्यक्षमा रबीबहादुर काफ्ले, सदस्यमा सूर्यकुमारी शाही, सुमित्रा घिमिरे, देवकला सुवेदी, गणेशबहादुर क्षेत्री, नारायण भुसाल, राजेन्द्र शाह, कमल चुँदाली, भग्गुप्रसाद थारु, छेदी थारु र सदस्य–सचिवमा क्याम्पस प्रमुख वेदराम रहनुभएको छ । आमन्त्रित सदस्यमा स्ववियु सभापति निलकुमार थारु रहनुभएको छ ।

क्याम्पसमा १८ सय बढी विद्यार्थी अध्ययनरत रहेका छन् । क्याम्पस सन् २०२० मा विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चित्ता तथा प्रत्ययन (क्युएए) प्रमाणित भएको सञ्चालक समितिका पूर्व अध्यक्ष झविलाल पोख्रेलले बताउनुभयो । सो क्याम्पस २०६८ मा स्थापना भएको थियो । क्याम्पसमा शिक्षा, मानविकी, व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर तहको अध्यापन हुँदैआएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu