Connect with us
Kapilvast Forest

खेल महोत्सवमा मासु खानामा झण्डै २ लाख खर्च

२०७९, २३ चैत्र बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी– कपिलवस्तुको शिवराज नगरपालिकाले गत माघ १८ गते देखी २९ गतेसम्म सन्चालन गरेको खेलकुद महोत्सव–२०७९ मा मासु र खानामा झण्डै २ लाख खर्च गरेको पाइएको छ । नगरपालिकाले मासु खाना र खाजा गरी १ लाख ९३ हजार ७ सय ३५ खर्च गरेको पाइएको हो ।

नगरले यस बाहेक पानी मात्रै रु ४६ हजार १ सयको खाएको जनाएको छ । शिक्षा शाखाले दिएको जानकारी अनुसार नगरका विभिन्न होटलहरुमा मासु, खाना र खाजा तथा पानीमा सो रकम खर्च गरेको हो । खेल महोत्सवमा एकै दिन ९६ जनालाई मासु खाना खुवाएको विल पेश गरेको छ ।

नगरपालिकाले खेल महोत्सवमा दैनिक भत्ता दिएर परिचालन गरेका रेफ्रि, स्वयमसेवक र खेल समितिका पदाधिकारीहरुलाई खाना खुवाउनुले नगर दोहोरो सुविधा दिएको स्पष्ट देखीएको छ । खेल महोत्सवको खर्च विवरण १६ लाख १४ हजार ७ सय १७ रुपैया रहेको थियो ।

जस्मा ३३ प्रतिशत भन्दा बढी रकम भत्तामा खर्च गरेको छ । शिवराज नगरपालिकाले खेल महोत्सव अन्तरगत राष्ट्रपती रनिङ शिल्ड, मेयर कप, उपमेयर कप अन्तरगत ५ लाख ३० हजार ४ सय रकम भत्ता बुझाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu