Connect with us
Kapilvast Forest

ठेकेदारका कारण ३१ स्वास्थ्य संस्था भवनको निर्माण अधुरै

२०८०, २ बैशाख शनिबारमा प्रकाशित

health

काठमाडौँ — सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत निर्माण थालिएका ३१ स्वास्थ्य संस्था भवनको निर्माण ठेकेदारका कारण अझै सम्पन्न हुन सकेका छैनन् । जाजरकोट, बारा, तेह्रथुमलगायतका ३० जिल्लामा स्वास्थ्य संस्था भवन निर्माणको जिम्मेवारी भवन विभागलाई प्राप्त भए पनि दोस्रो पटक म्याद थप गर्दा पनि अझै निर्माण पूरा भएको छैन । ती भवन निर्माणको समय ०७९ असार मसान्तमा सकिएको हो ।

सुरु म्याद समाप्त भई सोही बराबरको म्याद थप हुँदासमेत निर्माण सम्पन्न हुन नसकेका ५७ योजनालाई विभागले रुग्ण योजनामा वर्गीकरण गरेको थियो । ठेक्का सम्झौता भएकामध्ये १७ योजनाको शतप्रतिशत भौतिक प्रगति भए पनि योजनाको नापजाँच एवं अन्तिम बिल भुक्तानी गरी हस्तान्तरण गर्न बाँकी रेको महालेखा परिक्षकको ६०औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी ९ योजनाको कार्य अन्तिम चरणमा रहेको, २० योजनाको निर्माण कार्य भइरहेको उल्लेख गरिएको छ । ‘जसमध्ये ११ योजनाको कार्य प्रगति नभएको र निर्माण कार्य अधुरो छाडी सम्पर्कविहीन बन्दै सम्झौताअनुसार कार्य नगर्ने निर्माण व्यवसायीसँग सम्झौता अन्त्य गरी बाँकी कार्य सम्पन्न गर्नुपर्ने देखिन्छ,’ महालेखा परिक्षकको प्रतिवेदनमा भनिएको छ ।

सार्वजनिक खरिद नियमावली,२०६४ को नियम १११ (ङ) र १२८ मा सम्झौता कार्यान्वयनको प्रगति अनुगमन गर्ने र सम्झौता उल्लंघन गर्ने निर्माण व्यवसायीलाई पूर्वनिर्धारित क्षतिपूर्ति लगाउने, सम्झौताको अन्त्य गर्ने र सम्झौताबमोजिम काम नगर्ने निर्माण व्यवसायीको खर्चमा त्यस्तो कार्य सम्पन्न गराउने व्यवस्था रहेको प्रतिवेदनमा भनिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu