Connect with us
Kapilvast Forest

राष्ट्रपति पौडेललाई उपचार गर्न दिल्ली लगिँदै

२०८०, ६ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँदिल्ली लगिँदै छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई श्री एयरलाइन्स मार्फत् नयाँदिल्ली लैजान लागिएको श्री एयरलाइन्सका महाप्रबन्धक अनिल मानन्धरले राष्ट्रपति पौडेललाई नयाँदिल्ली लैजान आवश्यक तयारी गरिरहेको जानकारी दिए ।

स्रोतका अनुसार राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन देखिएको छ । इन्फेक्सन नघटेपछि उनलाई भारतको एम्स अस्पतालमा उपचार गराउन लैजान लागिएको हो । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

त्यसको फलोअपका लागि उनी सोमबार पुनः अस्पताल पुगेका थिए । त्यहाँ उनको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षणका लागि पठाइएको थियो । मंगलबार पुनः स्वास्थ्य असहज भएपछि राष्ट्रपति पौडेल अस्पताल पुगेका थिए । स्वास्थ्यमा सुधार नदेखिएपछि भारत लगेर उपचार गराउन चिकित्सकहरूले सल्लाह दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu