Connect with us
Kapilvast Forest

सात किलोमिटरको भाडा एक हजार

२०८०, ७ बैशाख बिहीबारमा प्रकाशित

हुम्ला- जिल्लाको दक्षिणी क्षेत्रमा सवारीसाधनका रूपमा मोटरसाइकलले यात्रुलाई सेवा दिँदै आएको छ। सर्केगाड र सलीसल्लामा यात्रु बोक्दैआएका मोटरसाइकल चालकले मनोमानी भाडा लिँदैआएका छन्। यात्रुले १० किलोमिटर कच्ची सडकको यात्रामा मोटरसाइकललाई एक हजार रुपियाँ भाडा तिर्नुपर्छ। सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डबाट सलीसल्लासम्म मोटरसाइकलबाट यात्रा गर्दा यात्रुले एक हजार रुपियाँ भाडा तिर्नुपर्छ।

यात्रु सुरेश परियारले सलीसल्लाबाट सर्केगार्डसम्म मोटरसाइकलबाट यात्रा गर्दा एक हजार भाडा तिरेको बताउनुभयो। मोटरसाइकलमा एक जना मात्र यात्रु नराखेर तीन जनासम्म राख्ने गरेका कारण यात्रा पनि उत्तिक्कै जोखिमपूर्ण छ।आएपछि यात्रु पनि मोटरसाइकलमै आउजाउ गर्न रुचाउँछन्। सर्केगार्डमा प्रहरी चौकी र ट्राफिक प्रहरी भए पनि मोटरसाइकलले लिने चर्को भाडाका सम्बन्धमा केही बोल्ने गरेका छैनन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu