नेवि संघद्धारा फलाहरी बाबा बहुमुखी क्याम्पसमा सरसफाई
कपिलवस्तु- नेपाल बिद्यार्थी संघको ५४ औँ स्थापना दिवसको उपलक्ष्यमा कपिलवस्तुको महाराजगंज नगरपालिकामा रहेको फलाहरी बाबा बहुमुखी क्याम्पसमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल बिद्यार्थी संघको फलहारी बाबा बहुमुखी क्याम्पस एकाई कार्य समिति को नेतुत्व मा सरसफाई कार्यक्रम सम्पन भएको छ । नेपाल बिद्यार्थी संघ इकाई सभापती राकेश यादवको सभापतीत्वमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली कांग्रेस महाराजगंज नगरपालिकाका नगर सभापति राम अचल कुर्मि, महाराजगंज नगरपालिका तरूण दल सभापति सचिदानन्द पाण्डेय, नेपाली कांग्रेस महाराजगंज नगरपालिका नगर प्रबक्ता प्रमोद कुमार चौधरी, युवा नेता अवधेश कुमार यादव, नेविसंघका सदस्यहरुलगायत नेताहरुको सहभागिता रहेको थियो ।