Connect with us
Kapilvast Forest

उपनिर्वाचनपछि सरकारले पूर्णता पाउने

२०८०, ९ बैशाख शनिबारमा प्रकाशित

बैतडी- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले मेलौली नगरपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरको शुक्रबार उद्घाटन गर्नुभएको छ । बैतडी धनगढी समाज धनगढी नेत्रालय मेलौली नगरपालिका र च्यारिटी फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजित शिविर तीन दिनसम्म सञ्चालन हुनेछ ।

स्वास्थ्य शिविर उद्घाटन गर्नुअघि मुख्यमन्त्री शाहले सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उपनिर्वाचनपछि प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन बैतडीद्वारा बैतडीको गोठलापानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले केन्द्रमा गठबन्धन सरकार बनेकाले सोहीअनुसार प्रदेश सरकार बन्ने बताउनुभयो ।

बृहत् स्वास्थ्य शिविरमा आँखाको मोतीबिन्दु जलबिन्दु आँखामा मासु पलाएको समस्याको उपचार हाडजोर्नी तथा नसा रोग चिकित्सा प्रसूति तथा स्त्री रोग बालरोग दन्त रोग छाला तथा यौन रोग कुष्ठ रोगको निःशुल्क उपचार हुने स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu