Connect with us
Kapilvast Forest

कपिलवस्तु नगरपालिका १ का अध्यक्ष खाँ भर्ना अभियानमा

२०८०, १३ बैशाख बुधबारमा प्रकाशित

कपिलवस्तु-
बिद्यालय बाहिर रहेका बाल बालिकाको बिद्यालयमा पहुच बढाउन कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जाहिद खा फै भर्ना अभियानमा सरिक भएका छन । ‘ समय मै भर्ना समय मै ज्ञान गुणस्तरीय शिक्षा सबैको अभियान ’ भन्ने नारा सहीत अहिले देशब्यापीरुपमा सामुदायिक बिद्यालयको अभियान जारी छ ।

तौलिहवाको बस पार्क छेउ रहेको आधाभुरत बिद्यालयका शिक्षक बिद्यार्थी बिद्यालय ब्यवस्थापन समितिका सदस्यहरुसंगै उनी भर्ना अभियानमा वडाका टोल र गाउमा भर्ना अभियानमा घर दैलो गरिरहेका छन । वडा अध्यक्ष खा, वडा सदस्य बिष्णु बारी, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मुन्नु खा, प्रअ सुमित्रा ढकाल सहीतको टोली भर्ना अभियानमा घरदैलो गरीरहेका छन ।

अभियान टोलीले कहार टोल, हाट बजार पछि रहेको टोल र राजपुर गाउमा अभियान गरेको वडाध्यक्ष खाले बताए । बिद्यालय बाहिर रहेको बालबालिकालाइृ बिद्यालय ल्याउन र सरकारी बिद्यालय प्रति आकर्षित गर्न आफु पनि भर्ना अभियानमा सरिक रहेको उनले बताए ।

अझै पनि कैयो बालबालिका बिद्यालय बाहिर रहेको हुदा आफु ति बालबालिकालाई भर्ना गराउने अभियानमा लागेको उनले बताए । काहार टोल र राजपुर गाउमा अझै पनि केही बालबालिकाहरु बिद्यालय बाहिर छन । वडाध्यक्ष खाले आफना नानी बावुलाई बिद्यालय पठाउन अपील समेत गरेका छन । बिद्यालयकी प्रअ ढकालले वडाअध्यक्ष नै भर्ना अभियानमा हिडेको खुशी लागेको बताईन ।

वडाध्यक्षले भर्ना अभियानमा साथ दिएको भन्दै प्रअ ढकालले अब बिद्यालयमा धेरै सुधार गर्ने तयारी गरेको उनले बताईन । उता कपिलवस्तु नगरपालिकाले चालु शैक्षिक सत्र देखि निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम संचालन गरेको जनाएको छ ।

मेयर सुदीप पौडेलले नगर भित्रका ५२ वटा सामुदायिक बिद्यालयमा चालु शैक्षिक सत्र देखि भर्ना लगायत कुनै पनि नाममा शुल्न नलिन निर्देशन दिएका छन । उनले बिद्यालयलाई नगरपालिकाले नै अनदान दिने गरी ब्यवस्था मिलाइएको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu