Connect with us
Kapilvast Forest

सार्वजनिक शिक्षा सुधार अनिवार्य : नेता सिंह

२०८०, २० बैशाख बुधबारमा प्रकाशित

काठमाडौँ- नेपाली काँग्रेसका नेता तथा काठमाडौँ क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले सबै बालबालिका शिक्षाको पहुँच अभिवृद्धि गर्न सार्वजनिक शिक्षा सुधार गर्नुपर्ने बताउनु भएको छ ।

बुधवार त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयको प्रयोगशाला भवन निर्माणको शिलान्यास गर्दै सिंहले केही सामुदायिक विद्यालयले दिएको स्तरीय शिक्षाकै कारण पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको पनि बताउनुभयो ।

सामुदायिक विद्यालयले स्तरीय शिक्षा दिन नसकेका कारण अभिभावकले बाध्य भएर निजी विद्यालयमा नानीबाबु पढाउनुपरेको बताउँदै सिंहले भन्नुभयो तर हिजोआज सामुदायिक विद्यालयमा पनि विद्यार्थीको आकर्षण निकै बढेको छ । यसको ज्वलन्त उदाहरण विश्व निकेतन स्कुल बनेको छ ।

सामुदायिक विद्यालयमा राज्यको लगानी बढ्नुपर्ने पनि सिंहले बताउनुभयो । उहाँले भन्नुभयो मेरो निर्वाचन क्षेत्रमा मैले सामुदायिक विद्यालयको लागि प्रशस्तै लगानी गरेको छु । आउने दिनमा पनि विश्व निकेतनलगायत अन्य स्कुलको सुधारको लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।

कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठले सामुदायिक विद्यालय सुधारको लागि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा मात्रै २२ करोड रुपियाँ लगानी गरिएको जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयको स्तर उकास्न पुस्तकालय प्रयोगशाला लगायत सूचना प्रविधिको विस्तारमा लगानी गर्नुपर्ने श्रेष्ठले बताउनुभयो । यहाँ हाल चार हजार दुई सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा ७७ वटै जिल्लाका विद्यार्थी पढिरहेको सहायक प्रधानाध्यापक केदार दाहालले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu