Connect with us
Kapilvast Forest

बुद्धभुमीमा लुम्बिनी प्रदेश केन्द्रित अन्तरक्रिया

२०८०, १३ बैशाख बुधबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको हनुमान चोकमा बिभिन्न कुप्रथा सम्बन्धी लुम्बिनी प्रदेश केन्द्रित अन्तरक्रिया कार्यक्रम संपन्न गएिको छ । राष्ट्रिय महिला आयोगको आयोजनामा समाजमा बिद्यमान रहेका हानिकार अभ्यासहरु छाउपडी प्रथा, बाल बिवाह, दाईजो प्रथा, बोक्सीको आरोप लगायतका प्रथाहरु सम्बन्धी अन्तरक्रिया सप्रन्न गरिएको हो ।

सो अवसरमा बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले बिभिन्न खाले कुप्रथा र हानीकार अभ्यासहरु रोक्ने सबै साझा दायित्व रहेको बताए । उनले सम्भ समाजको निर्माणकालागि त्यस्त कुप्रथाहरु अन्त्य हुन जरुरी रहेको बताए । उनले शिक्षाले मात्र कुप्रथाहरु अन्त्य नहुने भन्दै ब्यवहार र संस्कार समेत परिवर्तन आवश्यक रहेको बताए । ‘ सबैको प्रतिबद्धता र अठोठ चाहिन्छ त्यस्ता खोले कुप्रथाहरु अन्त्य हुन्छन ’ उनले भने ।

उनले बजेटले मात्र कुप्रथा र महिला हिंसा अन्त्य नहुदे भन्दै सबै सचेत हुनु पर्ने बताए । नगरपालिकाले सबै खाले हिंसा र कुप्रथा अन्त्यकालागि अभियान नै चलाएको बताए । सो अवसरमा महिला आयोगकी सदस्य बिद्या कुमारी सिन्हाले कानुन मात्र बनाएर नहुने भन्दै महिला हिंसा र कुप्रथा अन्त्यकालागि नियत समेत असल हुुन पर्ने बताईन । उनले दाईजो प्रथा कम गर्नकालागि छोरीलाई सक्षम बनाउनु पर्ने बताईन । साथै केटा पक्षले समेत छोरीको सक्षमतालाई महत्व दिनु पर्छ न कि दाईजो ’ उनले भनिन ।

उनले आयोगले महिला विकास कार्यालय पुनः खोल्नकालागि पहल गरेको बताईन । उनले महिलाहरुलाई शिक्षित बनाउन जरुरी रहेको बताईन । उनले एकल महिला सुरक्षित कोष बनाउन समेत पहल भईरहेको बताईन । उप मेयर मीरा थारुले जारी कुप्रथा र महिला हिंसाका कारण महिलाहरु नागरिकता शिक्षा राजगारी लगायतको अवसरबाट बंचित रहेको बताइन । महिलालाई घरको काममा मात्र सिमित बनाईने तथा बिभिन्न कुरुती र बिसंगतिले महिलाको अवस्थामा सुधार आउन नसकेको उनले बताईन ।

उनले महिला लक्षित सचेतना र सशक्तिकरण कार्यक्रम गर्नु पर्ने बताईन । कार्यक्रममा समाज अहिले पनि महिला माथी बिभिन्न खाले हिंसा जारी रहेको बताएइएको थियो । बिभिन्न खाले कुप्रथाले गर्दा महिलाहरु अझै पछि परेको कुरा उठेको थियो । कार्यक्रममा आयोगकी उप सचिव सिता अधिकारीले महिला आयोगको काम कत्तब्र्य अधिकार लगायतका बिषयमा जानकारी गराएकी थिईन । आयोगकी सदस्य सिन्हाको अध्यक्षता र केशव कुमार श्रेष्ठको संचालनमा कार्यक्रम भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu