Connect with us
Kapilvast Forest

समाज सरसफाइ अभियानमा महर्षि, डस्बिन सहयोग

२०८०, १४ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौँ- काठमाडौँको सामाखुशीमा सञ्चालित महर्षि स्कुलले पवित्रनगर समाजलाई डस्बिन सहयोग गरेको छ ।

महर्षि स्कुलले आज आफ्नो संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आज पवित्रनगर समाजलाई दश थान डस्बिन र डस्बिन राख्ने फलामको स्टाण्ड सहयोग गरेको हो ।

आज पवित्रनगर समाजको कार्यालयमा आयोजित कार्यक्रममा महर्षि स्कुलका अध्यक्ष प्रकाशचन्द्र दवाडीले पवित्रनगर समाजका अध्यक्ष सूर्यमणि पौडेललाई उक्त डस्बिन र स्टाण्ड हस्तान्तरण गर्नुभयो ।


कार्यक्रममा बोल्दै महर्षि स्कुलका अध्यक्ष दवाडीले पवित्रनगर क्षेत्रको फोहोर व्यवस्थापनमा सहयोग पुग्ने उदेश्यले आफ्नो विद्यालयले उक्त डस्बिन सहयोग गरेको बताउनुभयो ।

पवित्रनगर समाजका अध्यक्ष पौडेलले पवित्रनगर क्षेत्रलाई स्वच्छ, सफा राख्नका लागि डस्बिन वितरणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विस २०४९ सालमा स्थापना भएको पवित्रनगर समाजमा हाल २५० घर आवद्ध छन् ।

पवित्रनगर समाजका महासचिव बन्धुराज खनालले पवित्रनगर क्षेत्रका प्रत्येक चोकमा उक्त डस्बिन राखिने बताउनुभयो । पवित्रनगर क्षेत्रको विकासका लागि समाजले काम गर्दै आइरहेको महासचिव खनालको भनाई थियो ।

स्कुलका प्राचार्य निर्मल पौडेलले आफुले दिएको डस्बिन पवित्रनगर क्षेत्रको फोहोर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आवश्यक परे आगामी दिनमा पनि स्कुलले सहयोग गर्ने बताउनुभयो ।

यसअघि सोही स्कुलले प्रहरी प्रभाग नयाँ बसपार्कमा प्रहरी सुत्नका लागि खाट वितरण गरेको थियो । आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने प्राचार्य पौडेलको भनाई छ । सोही स्कुलले पवित्रनगर समाजको पुस्तकालयलाई समेत आर्थिक सहयोग गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu