Connect with us
Kapilvast Forest

कोलकाताले बैङ्ग्लोरलाई २१ रनले हरायो

२०८०, १४ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौँ- इन्डियन प्रिमियर लिग आइपिएलमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बैङ्ग्लोरलाई २१ रनले पराजित गरेको छ ।

गएराति भएको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो । २०१ रनको लक्ष्य पछ्छयाएको बैङ्ग्लोरले ८ विकेट गुमाएर १७९ रनमात्रै बनाउन सक्यो ।

कोलकाताको लागि जेसन रोय र एन जगदीशनले तीव्र सुरुवात गर्दै पावरप्लेमा ६६ रन बनाए । कोलकाताका लागि जगदीशनले २७ र रोयले २९ बलमा चार चौका र पाँच छक्काको मद्दतले ५६ रन बनाए ।

वेंकटेश अय्यर र कप्तान नितिश राणाले इनिङ्सलाई अगाडि बढाउँदै राणा २१ बलमा तीन चौका र चार छक्कासहित४८ रन बनाए । रिंकु सिंहले १८ र डेभिड भिजेले १२ रन बनाए ।

बैङ्ग्लोरका वानिन्दु हसरंगा र भी विजयकुमारले २–२ विकेट लिए ।

लक्ष्य पछ्याएको बैङग्लोरका लागि फाप डु प्लेसिस १७, महिपाल लोमर ३४, विराट कोहली ५४, दिनेश कार्तिक २२ र सुयश प्रभुदेसाई १० रन बनाएर आउट भए ।

कोलकाता नाइट राइडर्सका लागि वरुण चक्रवर्तीले ३ विकेट लिए ।

आइपिएलमा कोलकाताको तेस्रो जित हो । बैङग्लोरको चौथो हार हो । अङ्क तालिकामा बैङ्ग्लोर पाचौं तथा कोलकाता सातौं स्थानमा छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu