Connect with us
Kapilvast Forest

नेपाल अपराजित रहँदै सेमिफाइनलमा

२०८०, १४ बैशाख बिहीबारमा प्रकाशित

नेपालले सुरुवातमा ब्याटिङमा कमजोर प्रदर्शन गरेको नेपाल कतारविरुद्ध उत्कृष्ट बलिङ गर्दै एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सन्दीप लामिछानेले अलराउन्डर प्रदर्शन गरेपछि नेपाले समूह ‘ए’ को अन्तिम खेलमा कतारलाई ६८ रनले हरायो । नेपाल समूहमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो ।

जितका लागि नेपालले दिएको एक सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा सबै विकेटको क्षतिमा ८९ रनमा समेटिएको थियो ।

कतारका लागि खुर्रम शाहजाद र जाहिर इब्राहिमले समान १५/१५ रन बनाउनुभयो । अमिर फरिकले १४ रन जोड्नुभयो । अन्यब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।

बलिङमा सानदार प्रदर्शन गरेको नेपालका लागि बलिङमा सन्दीप लामिछानेले पाँच विकेट लिनुभयो । सन्दीपले ९.१ ओभर बलिङ गर्दै १४ रन खर्चिएर उक्त विकेट लिनुभएको हो। सन्दीप ‘प्लेयर अफ दि म्याच’ हुनुभयो । सोमपाल कामीले तीन र ललित राजवंशीले दुई विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.३ ओभरका सबै विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक अविजित ४२ रन बनाउनुभयो । उहाँले ५८ बलमा ६ चौकाको सहयोगमा उक्त रन जोड्नुभएको हो ।

यस्तै कप्तान रोहित पौडेलले २७, आशिफ शेखले १९, दीपेन्द्र सिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाउनुभयो ।बलिङमा कतारका अमिर फारोक्युले चार विकेट लिनुभयो । ओईस अहमेदले तीन, ज्ञान मुनावीराले दुई तथा इक्रामुल्लाह खानले एक विकेट लिनुभयो ।

जितसँगै समूह विजेता बनेको नेपालले चार खेलबाट सात अंक बनायो । ६ अंक बनाएको ओमान समूह उपविजेता बन्यो ।

कतार, मलेसिया र साउदी अरब प्रतियोगिताबाट बाहिरीएका छन् । नेपालले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu