Connect with us
Kapilvast Forest

प्रधानमन्त्री नै संसदमा आएर जवाफ दिनुपर्छ : एमाले

२०८०, १५ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफ्ना पार्टीका नेताहरुमाथि निरन्तर सांघातिक आक्रमण भइरहेको भन्दै प्रधानमन्त्रीको जवाफ मागेको छ ।

शुक्रबार संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद विष्णु पौडेलले १३ वैशाखमा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा सांघातिक आक्रमणको प्रयास भएको बताए ।

इलामबाट फर्किने क्रममा बाटोमा एम्बुस थापेर आक्रमण गर्न खोजिएको र अरुतिर पनि यस्तो तयारी भइरहेको सूचना आएको भन्दै उनले भने, ‘सरकारले अकर्मण्यता प्रदर्शित गरेको छ, यसको घोर भर्त्सना गर्न चाहन्छु ।’

सरकार मौन समर्थक बनेको र आक्रमणकारीलाई उक्साउन सत्ता समर्थक दलका कतिपय कार्यकर्ता सहभागी भएको सूचना पाएको उनले बताए । पौडेलले प्रश्न गरे, ‘सरकारले गर्न खोजेको के हो ? संविधान प्रदत्त अधिकार खोस्न खोजेको हो ?’
यसबारे संसदमा प्रश्न उठेपछि गृहमन्त्रीले जवाफ दिएको, तर आक्रमणका प्रयासहरु नरोकिएको उनले बताए ।

‘गृहमन्त्रीले सदनलाई दिएको जानकारीले पुगेन । यो अपराध कर्ममा संलग्नहरुलाई कडा कारबाही गरियोस्’, उनले अघि भने, ‘सरकार शान्ति सुरक्षा प्रदान गर्न सक्षम छ कि छैन ? प्रधानमन्त्रीले नै आएर जवाफ दिनुपर्छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu