Connect with us
Kapilvast Forest

पाँचथरमा चट्याङ लागेर ५४ भेडा मरे

२०८०, १७ बैशाख आईतवारमा प्रकाशित

पाँचथर- पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन्।

जिल्लाको फालेलुङ गाउँपालिका–३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई शुक्रबार साँझ चट्याङ लागेको थियो।

चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले सञ्चालन गर्दै संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भेडा मृत फेला परेको तथा १२ वटा घाइते फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। मरेका अधिकांश माउ भेडा छन्।

चट्याङले लागेर भेडाको रेखदेख गर्दै आएका याङवरक गाउँपालिका–३ घर भएका ५५ वर्षीय प्रेम राई घाइते भएका छन्।

गोठमा एक सय ३० भन्दा बढी भेडा रहेका थिए। भेडा मरेपछि क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu