Connect with us
Kapilvast Forest

मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेलाई पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

२०८०, १७ बैशाख आईतवारमा प्रकाशित

जनकपुरधाम- उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।
जनकपुरधाममा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उदघाटन कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै श्रेष्ठले पीडितलाई न्याय र पीडकलाई सजायँ दिने बताएका हुन् ।

पीडित पीडित नै हो त्यो कुनै पार्टीको भनेर म चिन्दिनँ सरकार चिन्दैन उपप्रधानमन्त्री श्रेष्ठले भने कुनै पार्टीको नेता पहुँचवाला व्यक्ति वा कसैले पनि मिटरब्याजी पीडकहरुको पक्षमा भूमिका खेल्न खोज्यो भने उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याइने छ ।

उनले मिटरब्याज पीडितहरुलाई न्याय दिन सरकारले चालेका कदमलाई उत्साहजनक समर्थन गरेको भन्दै सबै राजनीतिक दल र मधेश प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu