Connect with us
Kapilvast Forest

डेढ वर्षसम्म यो सरकार रहे मुलुक टाट पल्टिन्छ : ओली

२०८०, १९ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेढ वर्षसम्म यो सरकार कायमै रहे मुलुक टाट पल्टिने दाबी गरेका छन् । मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेको र यसलाई रोक्न नसके डेढ वर्षमा मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको बताए ।

यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ । देश टाट पल्टिदैछ । तर एउटा उद्योगपति जो सत्तापक्षीय उद्योगपति उसको ४० अर्ब खुद नाफा एक वर्षमा । एउटा व्यक्तिले चालिस अर्ब थप कमायो ।

सम्पत्ति बढायो चालिस अर्ब देशमा अहिले स्थानीय तहमा समपूरक बजेट ५० प्रतिशत भन्दा बढि पठाउन सक्दिन भनेर सरकारले लत्तो छोडिसक्यो उनले भने ।उद्योगहरु प्राय बन्द रहेको र निर्माण व्यवसाय ध्वस्त भएको भन्दै ओलीले सत्तारुढ गठबन्धनलाई मुलुकको चिन्ता नभएको आरोप लगाए ।

अब डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने ओरालो लागेको स्थितिलाई रोक्न सकिएन भने फेरि मुश्किल हुन्छ देश असफल राष्ट्र बन्ने खतरा हुन्छ ओलीले भने यहाँ यत्तिकै हाहाहुहुँ गरेर कुद्नेहरु २/४ ढुंगा हानेर कुद्नेहरु तिनलाई देशको के मतलब मुलुकमा पैसा नभएकै कारण औपचारिक माध्यमबाट आयात कम भइरहेको भन्दै उनले अनौपचारिक माध्यमबाट सामान आयात हुँदा भन्सार राजस्व कम उठेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu