Connect with us
Kapilvast Forest

सरकारले कार्यकाल पूरा गर्नुपर्छ भन्ने पक्षमा छौँ : अध्यक्ष यादव

२०८०, १९ बैशाख मंगलवारमा प्रकाशित

कठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरू सरकारको स्थिरताको पक्षमा रहेको बताउनुभएको छ। मंगलबार प्रतिनिधि सभा सदस्यको रूपमा सभामुखबाट शपथ ग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले आफूहरू सरकारको स्थिरताको पक्षमा रहेको बताउनुभयो ।

उहाँले सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ भन्ने पक्षमा पार्टी रहेको स्पष्ट पार्नुभयो। उहाँले अस्थिरताले कसैको हित नगर्ने र लोकतन्त्रलाई कमजोर बनाउने भन्दै जनतामा वितृष्णा जाग्न दिनु नहुने उल्लेख अध्यक्ष यादवले सरकार निर्माणको सम्बन्धमा राष्ट्रिय समझदारी बन्नुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो सरकारको स्थिरता लोकतन्त्रको विकासमा अत्यन्त महत्त्वपूर्ण हुन्छ नेपालमा त झन् आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थिरता आवश्यक छ। सरकारलाई पहिले स्थिरता दिने।

उहाँले संसदीय समितिको कामलाई सक्रिय र गतिशील बनाउनुपर्ने बताउनुभयो। अध्यक्ष यादव वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu