Connect with us
Kapilvast Forest

प्रचिन बुद्धनगरीमा छैठो मेयर कप क्रिकेट प्रतियोगीता हुदै

२०८०, १९ बैशाख मंगलवारमा प्रकाशित

कपिलवस्तु – नेपाललले क्रिकेटमा महत्वपुर्ण सफलता पाईरहेको बेला कपिलस्तु नगरपालिकामा छैठो मेयर कप क्रिकेट प्रतियोगीता हुने भएको छ । प्रतियोगीता टि ट्वान्टी नक आउट हुनेछ । चैत २० देखि २७ गते सम्म तौलिहवा स्थित बुद्ध पदम उमाबिको खेल मैदानमा प्रतियोगीता हुने भएको हो । नगरपालिकाले तौलिहवामा राखेको पत्रकार सम्मलेनमा मेयर सुदीप पौडेलले नगर क्षेत्रको खेलकुदको समुचित विकासकालागि मेयर कपको आयोजना गरिएको बताए ।

उनले खेल क्षेत्रको विकास र बिस्तार तथा नव प्रतिभाको खोजी पहिचान र संरक्षणकालागि प्रतियोगीता गरिएको बताए । ‘ नगर मै उत्कृष्ठ खेलाडी उत्पादन गर्न हामीले यो प्रतियोगीता गर्न लागेका छौ ’ उनले भने । खेलमा १२ वटा वडाबाट १२ टिम सहभागी हुने प्रमुख प्रशाकीय अधिकृत गणेश अर्यालले बताए ।

दैनिक बिहान र साझ गरी २ खेल खेलाईनेछ । प्रथम पुरस्कार नगद ५० हजार सहीत मेडल ट्रफी र प्रमाण पत्र दिईने उनले बताए । दोश्रोलाई नगद ३० हजार दिईनेछ । प्रत्येक खेलका खेलाडीलाई म्यान अफ द म्याच तथा अन्तिममा म्यान अफ द सिरिज , बेस्ट ब्याट्मैन र बेस्ट बलरलाई समेत पुरस्कृत गरिनेछ । प्रतियोगीता सामाजिक विकास समितिका संयोजक दिेरेप चौधरीको संयोजकत्वमा ५ सदस्यीय समिति निर्माण गरिएको छ । पत्रकार सम्मेलन मेयर पौडेलको अध्यक्षता र शिक्षा अधिकृत युवराज भुसालको संचालनमा भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu