Connect with us
Kapilvast Forest

कोहलीको शतकमा बैंग्लोर विजयी

२०८०, ५ जेष्ठ शुक्रबारमा प्रकाशित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विराट कोहलीले सानदार शतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोर ८ विकेटले विजयी भएको छ । बिहीबार रातिको खेलमा कोहलीले आईपीएलमा सर्वाधिक ६ शतक प्रहार गर्ने क्रिस गेलको कीर्तिमानी बराबरी गर्दा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादमाथि ८ विकेटको सानदार जित निकालेको हो। सनराइजर्स हैदरावादले दिएको १८७ रनको लक्ष्य बैंग्लोरले १९.२ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।

बैंग्लोरको जितमा कोहली र फाफ डु प्लेसीले १७२ रनको साझेदारी गरे । कोहलीले ६३ बलमा १२ चौका र ४ छक्का मद्दतमा एक सय रन बनाए भने फाफ डुप्लेसीले ४७ बलमा ७१ रन योगदान गरे । डु प्लेसिसले ४७ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । उनीहरु १८ औं ओभरसम्म टिकीरहे । ग्लेन म्याक्सवेल ५ र माइकल ब्रेसवेल ४ रनमा नटआउट रहे ।

बलिङतर्फ भुवनेश्वर कुमार र टी नटराजनले एक–एक विकेट लिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu