Connect with us
Kapilvast Forest

महुवा सङ्कलनको चटारो

२०८०, २१ बैशाख बिहीबारमा प्रकाशित

धनगढी- कैलालीको ग्रामीण क्षेत्रमा औषधीय गुण भएको महुवा सङ्कलनको चटारो चलेको छ। गहुँ भित्र्याउने काम सकिएपछि स्थानीयवासी जङ्गली महुवा सङ्कलनमा अग्रसर भएका हुन्। स्थानीय महुवा सङ्कलनका लागि बिहानै जङ्गल पस्ने गरेका छन्। महुवा सङ्कलनको सिजन सुरु भएदेखि वनमा महुवा बटुल्नेको चहलपहल बढेको कैलारी गाउँपालिका–७ की कालीदेवी चौधरीले बताउनुभयो।

बिहानभरि सङ्कलन गरेपछि दुई तीन किलो पाउन सकिन्छ उहाँले भन्नुभयो । महुवा वनमा पाइने गैरकाष्ठ प्रजातिका वृक्षको फूल हो वसन्त ऋतुभरि यसको फूल फुलेर झर्ने गर्दछ।

झरेको फूललाई स्थानीयले सङ्कलन गरी सुकाउने र आवश्यक परेका बेला त्यसलाई उपयोग गर्ने गर्दछन्। गाउँघरमा यसबाट सुगन्धित रक्सी बनाउने गरिएको भजनी नगरपालिकाका स्थानीयवासी हनुमान चौधरीको भनाइ छ।

महुवाबाट औषधिसमेत बनाउन सकिने भए पनि यसको उपयोग केवल रक्सी बनाउनमा मात्रै सीमित रहेको पाइएको बताउनुहुन्छ थारू समुदायले महुवाबाट बनाएको रक्सी गाउँघरमा महुवारीको नामले परिचित छ।

जङ्गलमाजथाभाबी महुवा सङ्कलन गर्न पाइँदैन। स्थानीयले आआफ्नो रुख किटान गरेर महुवाको रुखको रेखदेख गर्ने गर्दछन्। महुवा सङ्कलन सिजनभरि उनीहरूले रुखको स्याहार्ने गर्दछन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu