Connect with us
Kapilvast Forest

कपिलवस्तुमा २ करोडको गल्स कलेज स्थापना

२०८०, २१ बैशाख बिहीबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तु नगरपालिका वडा नम्बर २ बर्दाहवा चोक नजिकै मुवारक अल उमरी गल्र्स कलेज स्थापना गरिएको छ । मुस्लिम बालिका र किशोरीहरुलाई लक्षित गरी बनाइएको कलेजमा कक्षा १ देखि ग्रजुएसन सम्म पढाई समेत संचालन भई सकेको छ । कलेजमा अनाथ बालिकाहरुलाई समेत राखिएको छ ।

कुबेतको बसायर च्यारेटीको सहयोग तथा मुबारकअल उमरी गल्स कलेजको र अन नुर च्यारीटेबल सासाईटीको अगुावईमा २ करोडको लागतका कलेज भवन निर्माण गरिएको हो । सोसाईृटीका अध्यक्ष माहोम्मद अगहरले ११ कठ्ठा क्षेत्रमा रहेको भवनमा कुल २४ वटा कोठा रहेको बताए । जसमा बस्ने छात्राबास , क्लास रुम लागयतका छन । यस्तै भवन भित्र एउटा मस्जिद समेत बनाइएको छ ।
कलेजमा १ सय ७५ बालिका र ५० अनाथ बालिकाहरु पढने गरेका छन । नव निर्मित भवनको लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेय र कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेलले रिबन काटेर संयुक्तरुपमा उदघाटन गरे ।

सो अवसरमा प्रदेश सदस्य पाण्डेयले मुस्लिम बाहुल्यता रहेको कपिलवस्तुमा गल्स कालेज बढदै जानु राम्रो भएको बताए । उनले कलेजमा बालिकाहरुलाई धार्मिक सहीत ब्यवहारिक र आधुनिक शिक्षा समेत दिदा उपयुक्त हुने बताए । यसैगरी मेयर पौडेलले गल्र्स कलेज स्थापनाले कपिलवस्तु नगरपालिकाको शिक्षाको बिकास मद्दत पुग्ने बताए । कार्यक्रममा बसयार च्यारेटीका म्यानेजर अम्माद र सहायक ब्यवस्थाक युसुफ समेत सहभागी थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu