Connect with us
Kapilvast Forest

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

२०८०, २२ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं- संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको तर विस्तृत विवरण नआएको बताए ।

घटनास्थलमा प्रहरीको टोली पठाइएको छ प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ कार्कीले भने । सो हेलिकोप्टरले हाइड्रोपावरको माटो ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu