Connect with us
Kapilvast Forest

केवट माथी लागेको आरोप झुठ्ठा, जनावरको रगत दलेर फसाउने प्रयास

२०८०, २२ बैशाख शुक्रबारमा प्रकाशित

कपिलवस्तु— गत चैत १४ गते कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्वर ५ चन्द्रौटा निवासी शुभावती केवटले अजय केवट भनिने झगरु केवटलाई लगाएको आरोप निराधार भएको प्रमाणित भएको छ । शुभावतीले झगरु केवट चैत्र १४ बेलुका करिब ७ बजे शुभावतीले झगरु केवटले अपहरण गरि निर्घात कुटपिट गरेको भनि वडा प्रहरी कार्यालय चन्द्रौटामा निवेदन दिइएकी थिइन ।

घटना स्थलमा चैत १५ गते प्रहरी टोलीले मुचुल्का उठाउने क्रममा ३ पोका रगत  भेटिएको  र शुभावतीको शरिरमा कुनै पनि चोटपटक नदेखिएकोले उक्त घटना शंकास्पद भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । वडा प्रहरीको सुक्ष्म अनुसन्धान र शुभावतीको बयानले जालसाजी भएको ठहर भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार उनले शरिरमा जनावरको रगत लगाएको खुलेको छ । रगतको रिर्पोट आए लगत्तै उनले प्रहरी समक्ष जग्गा विवादका कारण झगरुलाई फसाउन ३ पोका रगत लगी शुभावतीले शरिरमा लगाई रोइ कराई गरेको स्वीकार गरेकी छन ।

आरोपित भनिएका झगरु केवटले आफ्नो चरित्र हत्या भएको र बारम्बार यस्ता किसिमका आरोप लगाउने काम गरिएकोले आफु अन्यायमा परेको बताए । केवटलाई यस अघि ३ पटक सम्म चौकी लगी थुनिएको भन्दै उनले दोसी माथी कडा कार्वहायी गर्न माग गरेका छन् ।

शुभावतीलाई न्यायका लागी नेकपा एमाले कपिलवस्तु, नेकपा एमाले शिवराज नगरकमिटीले प्रेस विज्ञप्यती निकाली सामाजिक संजालमा भाइरल बनाइएको प्रति केवटले खेद प्रकट गर्दै आफ्नो पार्टीका कार्यकर्ता दोसी ठहर हुदां कार्वाही गर्न माग गर्नुभयो ।

यता केवटले शुभावतीलाई मानहानीको मुद्धा दायर गर्ने र आफुले पाउनुपर्ने जग्गा प्राप्तीका लागी कानुनि प्रक्रियामा जाने बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu