Connect with us
Kapilvast Forest

नेपाल पूर्ब सशस्त्र प्रहरी संघ लुम्बिनी प्रदेश समिति गठन

२०८०, २३ बैशाख शनिबारमा प्रकाशित

सनिउल्ला धोबी
नेपाल पूर्ब सशस्त्र प्रहरी सँघ लुम्बिनी प्रदेश समिति गठन गरिएको छ । लुम्बिनी प्रदेश बिन्दवाबासिनी बाहीनी मुख्यालय नं ५ चन्द्रौटाको सभाहलमा नेपाल पूर्ब सशस्त्र प्रहरी संघ लुम्बिनी प्रदेश समिति गठन गरिएको हो । नेपाल पूर्ब सशस्त्र प्रहरी संघ केन्द्रिय वरिष्ट उपाध्यक्ष पुर्व सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक नारायण बाबु थापाको प्रमुख अतिथ्यितामा लुम्बिनी प्रदेश समिति गठन गरिएको हो ।

सो भेलामा लुम्बिनी प्रदेश बिन्दवाबासिनी बाहीनी मुख्यालय नं ५ चन्द्रौटाका सशस्त्र प्रहरी नायव महानिरिक्षक विदुर खडकाको समेत अतिथ्यितामा समिति गठन गरिएको हो ।

भेलामा बोल्ने अधिंकास वक्ताहरुले नेपाल पुर्व सशस्त्र प्रहरीको आम भेलालाई सम्बोधन गर्दै समाजिक उत्तरदायिक बनाउदै लैजनाले बताउनु भएको थियो ।
नेपाल पूर्ब सशस्त्र प्रहरीको भेलामा सहभागीहरुलाई नेपाल पुर्व सशस्त्र प्रहरी संघ कपिलवस्तुका जिल्ला संयोजक निरांकार नाथ शुक्लाले स्वागत गर्नुभएको थियो ।

पुर्व सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक गुणाखर खनालले भेलाको सहजीकरण गर्नुभएको थियो । खनालको संयोजकत्वमा बनेको तिन सदस्य निर्वाचन मण्डलीद्वारा लुम्बिनी प्रदेश नेपाल पूर्ब सशस्त्र प्रहरी संघ लुम्बिनी प्रदेश समिति गठन गरिएको नेपाल पुर्व सशस्त्र प्रहरी संघ कपिलवस्तु जिल्ला सचिव अर्जुन बेल्बासेले जानकारी दिनुभयो ।


पुर्व सशस्त्र प्रहरीको आम भेलाबाट १५ सदस्यीय पधाधिकारी चयन गरीएको हो । पुर्व सशस्त्र प्रहरी नायव उपरिक्षक विष्णु बहादुर कार्कीको अध्यक्ष्तामा नेपाल पुर्व सशस्त्र प्रहरी संघ लुम्बिनी प्रदेश समिति गठन गरिएको हो ।

सो समितिको उपाध्यक्षमा पुर्व सशस्त्र प्रहरी नायव उपरिक्षक बिर्ता सेर थापा, पुर्व सशस्त्र प्रहरी नायव उपरिक्षक बासुदेब कुवर, सचिव पुर्व सशस्त्र प्रहरी नायक उपरिक्षक बासुदेब भण्डारी, सहसचिव पुर्व ससस्त्र प्रहरी निरिक्षक मुनिप अन्सारी, कोषाध्यक्ष पुर्व सशस्त्र प्रहरी नायक उपरिक्षक थकालि थारु, सहकोषाध्यक्ष पुर्व सशस्त्र प्रहरी नायक निरिकक्षक बेद बहादुर बिष्ट, सदस्य पुर्व सशस्त्र प्रहरी बरिष्ट हवलदार सुनिता बोहराला लगायत १५ जना रहनु भएको छ । निर्वाचित लुम्बिनी प्रदेश कार्य समितिलाई पदाधिकारीलाई बधाई ज्ञापन गरिएकोे नेपाल पुर्व सशस्त्र प्रहरी संघ कपिलवस्तु जिल्ला सचिव अर्जुन बेल्बासेले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu