Connect with us
Kapilvast Forest

कांग्रेसबाट सुरेन्द्र आचार्य मन्त्री नियुक्त आजै शपथ

२०८०, २४ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको छ ।

खानेपानी र वन मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हाल्दै आएका छन् । नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । राष्ट्रपति रामचन्द्र पौडल निकट मानिने आचार्य यसअघि सिंचाइ राज्यमन्त्रीसमेत बनेका थिए ।

नेपाली कांग्रेसको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका छन् । हाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवलाई भने वन तथा वातावरण वा खानेपानी मध्ये एक मन्त्रालयको जिम्मा दिइने छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu