Connect with us
Kapilvast Forest

नदीजन्य पदार्थ अवैध उत्खनन् गर्ने उपकरण नियन्त्रणमा

२०८०, २५ बैशाख सोमबारमा प्रकाशित

कावासोती- पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन् कार्यमा प्रयोग भएका उपकरणहरू नियन्त्रणमा लिएको छ । निर्माणाधीन अरुणखोला–मित्याल–रामपुर सडक खण्डमा निर्माण कम्पनीले अवैध रूपमा क्रसर उद्योग सञ्चालन र खोला उत्खनन् गरेको पाएपछि नगरपालिकाले उपकरणहरू नियन्त्रणमा लिएको नगर प्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।

सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त लगानीमा निर्माणाधीन उक्त सडक खण्डको राईकोटमा निर्माण कम्पनी रवण रोजन जेवि चितवनले मोबाइल क्रसर स्थापना गरेको छ । क्रसर स्थापना पूर्व कुनै अनुमति नलिएको उक्त ठेक्केदार कम्पनीले स्थानीय खोलाबाट ठूलो परिमाणमा नदीजन्य पदार्थको अवैध उत्खनन् गरेको अनुगमनको क्रममा भेटिएको नगर उपप्रमुख पूर्णकला चौधरीले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu