Connect with us
Kapilvast Forest

टिकटकका लागि संसदमा लुगा फुकालिरहेका अमरेश

२०८०, २५ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं- सांसदहरु हिजोआज संसदमा बोल्दैनन् । संसदको मञ्चमार्फत् टिकटकमा बोल्छन् । युट्युबमा बोल्छन् । फेसबुक रिलमा बोल्छन् ।
भाषण सकिन पाएको छैन, पत्रकारका ह्वाट्सएप तिनका म्यासेजले भरिन्छन् । मैले भर्खरै संसदमा बोलेको छु यसलाई न्युज बनाइदिनुहोला उनीहरु अनुरोध पठाउँछन् ।

यी सबै प्रकरणलाई बिर्साउने गरी, अनि विश्वेन्द्र पासवानलाई सम्झाउने गरी सांसद अमरेश सिंह सोमबार प्रतिनिधि सभामा अर्धनग्न भए ।
उनले बैठक सुरु हुनेबित्तिकै सभामुख देवराज घिमिरे समक्ष आकस्मिक समय माग गरेका थिए । प्रिबजेट छलफलका कारण आज आकस्मिक समय नराख्ने पहिल्यै तय भएको थियो । घिमिरेले समय नदिएपछि उनी लुगा फुकाल्न थाले ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu